होटल व्यवसायी विष्ट भन्छन् कञ्चनपुरका जनप्रतिनिधी धम्क्याउन थाले


कञ्चनपुर: महेन्द्रनगरको लक्ष्मी होटलमा बसेका कोशिस कुँवरले (ग्राहकै) होलटमा बसेर खाएको खाना बाफतको रकम माग्दा एक भीमदत्तनगरका जनप्रतिनिधीलाई बोलाई आफुलाई धम्क्याएको भन्दै होटल संचालक प्रहरीकहाँ पुगेका छन ।भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा रहेको लक्ष्मी होटलका संचालक नर ब. विष्टले ग्राहकले होटलमा तिनुपर्ने पैशाको विषयमा भीमदत्त नगरका २का वडा सदस्य नरेश कुँवरले आफुलाई धम्की दिएको बताए ।

‘साउन ३० गते कोठा लिएर कोशिष कुँवर बसेका थिए, ‘होटल संचालक विष्टले भने, ‘उनीहरुले कोठा खाए बाफत झण्डै ७०/७२ हजार बिल आएको थियो, उक्त रकम बढि भयो भन्दै बसेका भाईहरुले विवाद गरे, त्यसमा जनप्रतिनिधी पनि मुछिए ।’यति बिल कसरी आयो भन्दै शनिबार दिउँसो होटलमा आएका भीमदत्त नगरका जनप्रतिनिधी कुँवरले आफुलाई उठाईदिने र लालपुरको घर ध्वस्त पार्ने धम्की दिएको बताए ।

‘मलाई धम्की र होटलबाट कागजपत्र खोसेर लगेपछि मैले नरेश कुँवर र कोशिष कुँवर बिरुद्धमा उजुरी दिएको छुँ, ‘होटल संचालक विष्टले भने, ‘मेरो उजुरीमा प्रहरीले पनि केही गरेको छैन ।’ यस विषयमा भीमदत्त नगरका मेयर पदम बोगटीसंग समेत कुराकानी गरेको बताउदै उनले कार्बाहीका लागि माग गरे ।

सोही दिन उक्त होटलमा मध्यरातमा मदिराले लठ्ठ भएका युवती समेत ल्याएर आएका अर्का जनप्रतिनिधीले पनि आफुलाई धम्क्याउने र वितण्डा मच्चाएपछि प्रहरीलाई खबर गर्दा तुरुन्तै आएर ति जनप्रतिनिधीलाई पक्राउ गरेर लगेको बताए ।‘ति जनप्रतिनिधी मदिरा खाएर आएका थिए, साथमा एउटा केटी ल्याएका आएका थिए, ‘उनले भने, ‘अनावश्यक विवाद गर्न थाले युवतीलाई ल्याएर बिना ईन्ट्री कोठा माग्न थाले मैले दिएन, विवाद भयो, एक झापड पनि हाने, प्रहरीलाई बोलाएर बुझाईदिए, उनका नेता र उनले माफि मागे छाडिदिए ।’ जनताले जिताएका जनप्रतिनिधी उल्टै होटल व्यवसायीलाई धम्क्याउनेदेखि त्रसित पार्ने काम गरिरहेको भन्दै यस्ताबाट नागरिकले के पाउँलान भन्दै कटाक्ष गरेका छन । आफुलाई राजनीतिक ठुलै आर्दशवान मान्ने गैर नैतिकताहिन जनप्रतिनिधीले राम्रा काम गर्ने जनप्रतिनिधीको समेत बेईज्जती गरेको उनको भनाई छ । थप यस विषयमा जनप्रतिनिधीसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।


ताजा समाचार

spot_img