स्वतन्त्र समुहले दोधारा चाँदनीको वडा– वडामा कमिटि गठन गर्ने


दोधारा । दोधारा चाँदनीमा स्वतन्त्र समुहले वडागतरुपमा कमिटि गठन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकामा स्थानिय निर्वाचन देखि सक्रिय देखिएको स्वतन्त्र समुहले दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाहरुमा वडाकमिटि गठन गरि आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा होमिने भएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ मा हिजो बसेको एक बैठकले दोधारा चाँदनीका सबे वडाहरुमा वडा कमिटि गठन गरि आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा होमिने निर्णय गरेको स्वतन्त्र समुहका नेता भिम कुमालले जानकारी दिएका छन् । केही दिन भित्रै वडा वडामा पुगेर वडा कमिटि गर्ने कार्य अघि बढाउने कार्यक्रम रहेको उनले बताएका छन् । वडा कमिटि गठन पश्चात नगर कमिटि गठन गरिने स्वतन्त्र समुहका अर्का नेता भक्त बहादुर सुनारले बताएका छन् । कमिटि गठनको लागी स्वतन्त्र समुहका नेताहरु वडा वडामा परिचालन भएको बताईएको छ् ।


ताजा समाचार

spot_img