दोधारा । महाकाली नदीमा नुहाउने क्रममा वेपत्ता भएका सन्ध्या अझै फेला परेका छैनन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का १० वर्षिया सन्ध्या सुनार गएको बुधवार विहान महाकाली नदीको घकनाघाटमा नदीमा डुबेर वेपत्ता भएका हुन् । नुहाउने क्रममा सन्ध्या सुनार महाकाली नदीमा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान अन्जली सुनार संग नदीमा कपडा धुन र नुहान नदीमा गएका सन्ध्या सुनार बेपत्ता भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीले जानकारी दिएका छन् । नदीमा डुबेर बेपत्ता भएका सन्ध्याको आज पनि खोजी कार्य जारी राखेका छन् । सन्ध्या संग नदीमा नुहान गएकी वर्ष अन्ताजी १८ का अञ्जली सुनार भने बच्न सफल भएको प्रत्यक्षदर्शी मनोज सुनारले बताएका छन् ।


दोधारा चाँदनी नगरपालिका–९ स्थित ठुली आमाको घरमा बस्न गएकी उनी विहान आफन्त अन्जली सुनार सहित महाकाली नदीमा नुहाउन गएका हुन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीका अनुसार सशस्त्र प्रहरीको बिपद् ब्यवस्थापन टोलीले खोजी कार्य जारी राखेको बताएका छन् । ‘हिजो देखि खोजी कार्य जारी राखेका छौं’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीले भने । दोधारा चाँदनी नगरपालिका कार्यालयले हालै खरिद गरेको मोटर बोट समेत खोजी कार्यमा प्रयोग गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । नदीको डुबेको खबर पाएपछि सशस्त्र प्रहरी, नेपाली प्रहरी र दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु घट्नास्थलमा पुगेका थिए । घट्नास्थलमा पुगेर दोधारा चाँदनीका मेयर लिम्बुले आज पनि अवस्थाको बारेमा जानकारी लिएका हुन् ।







