दोधारा । दोधारा चाँदनीको बाबाथान बजार ब्यवस्थापन समितिको अध्यक्षमा दिपक प्रसाद शर्मा चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको बाबाथान बजारमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रको अध्यक्षतामा बसेको आजको भेलाले बजार ब्यवस्थापन समितिमा सर्वसम्मतबाट अध्यक्ष पदमा दिपक प्रसाद शर्मा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा मालती भण्डारी, सचिवमा मान बहादुर ओली, कोषाध्यक्षमा कृष्ण बहादुर शाही, सदस्यमा बिकास भण्डारी, गणेश सुनार, बिनय सुनार, ममता गुरुङ्ग (घिमिरे), पप्पु सुनार, मन बहादुर सुनार, ईन्दु रसाईली र सल्लाहकार संयोजकमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, सल्लाहकार सदस्यमा बल बहादुर रावत, गोकर्ण प्रसाद लामिछाने, हरिओंम रसाईली, दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा सदस्य संदिप उपाध्याय रहेका छन् । चयन भएका सबै पदाधिकारीहरुलाई अबिर लगाएर बधाई तथा कार्यकालको शुभकामना दिईएको बाबाथान बजार ब्यवस्थापन समितिले जनाएको छ् ।







