लोकतान्त्रीक आदिवासी जनजाती महासंघ दोधारा चाँदनीको अध्यक्षमा चौधरी


दोधारा । दोधारा चाँदनीमा नेकपा एमाले निकट लोकतान्त्रीक महासंघको अध्यक्षमा बिनोद चौधरी चयन भएका छन् । नेकपा एमाले निकट लोकतान्त्रीक महासंघको प्रथम अधिबेशनको अध्यक्षमा बिनोद चौधरी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा दिया राना मगर, सचिवमा केशर थापा मगर, सह–सचिवमा अस्मिता थापा मगर, कोषाध्यक्षमा हर्कमाान श्रेष्ठ, सदस्यमा मेघ राना मगर, बिमला थापा मगर, पुतली देबी राना रहेका छन् । लोकतान्त्रीक महासंघ दोधारा चाँदनीलाई आगामी दिनहरुमा पुर्णता दिने गरि समिति गठन गरिएको नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज तथा जिल्ला कमिटि सदस्य राजिव खड्काले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालन भएको लोकतान्त्रीक महासंघ दोधारा चाँदनीको प्रथम नगर अधिबेशनमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नेकपा एमाले पोलिट ब्युरो सदस्य निरु देबी पाल, नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष सुरेन्द्र बिष्ट, जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा, नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज तथा जिल्ला कमिटि सदस्य राजिव खड्का, नेकपा एमाले दोधारा चाँदनी नगर अध्यक्ष हरसिंह धनाडी, नेकपा एमाले दोधारा चाँदनी नगर सह–ईन्चार्ज तथा जिल्ला कमिटि सदस्य खिमा चन्द लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । लोकतान्त्रीक महासंघ दोधारा चाँदनीमा चयन भएका सबै पदाधिकारीलाई अबिर माला लगाएर बधाई दिएका थिए ।


ताजा समाचार

spot_img