नेपाल बन्दको प्रभाव : सुदुरपश्चिमका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला


कञ्चनपुर : चार दलले आह्वान गरेको मंगलबार नेपाल बन्दको प्रभाव सुदुरपश्चिम् का विभिन्न जिल्लामा एकाबिहानै देखिएको छ। बन्दले शिक्षा, स्वास्थ, यातायात तथा दैनिक प्रसासनको कामलाई मात्रै प्रभावित परेको छैन।

जस अन्तर्गत बैतडी तथा कैलालीका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला देखिएका छन। कैलालीका दुई स्थानमा बस्तु फेला गरेको छ। गोदावरी नगरपालिका-१ अत्तरियास्थित मोहनापुल -अत्तरिया ६ लेन सडकखण्ड र पुर्वपश्चिम् राजमार्ग अन्तर्गत हरैया सिविर नजिकै शंकास्पद बस्तु फेला गरेको हो।

अत्तरियामा कपडा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर जस्तो देखिने अवस्था शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेसप्रकास जोशीले बताए। बैतडीका पनि दुई स्थानमा शंकास्पद बस्तु देखिएका छन्। जिल्लाको सतबाँझ स्थित भण्डारी आयल स्टोर नजिकै र सतबाँझ-गोकुलेश्वर सडकखण्डको विचमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार कैलाली र बैतडीका घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलि पुगेको छ।


ताजा समाचार

spot_img