कञ्चनपुर : ई रिक्सा व्यवसायीको माग पूरा नभए आन्दोलनमा उत्रिने चेतवानी सोमवार कञ्चनपुरमा ई रिक्सा व्यवसायीले भीमदत्त नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । भीमदत्त नगरपालिका क्षेत्रका ई रिक्सा व्यवसायीले रिक्सा सञ्चालन कार्यविधि बनाउनु पर्ने भन्दै नगरपालिकालाई ज्ञापन बुझाएका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ई रिक्सा इकाई कमिटीले आज सोमबार भीमदत्तका उप मेयर निलम लेखक जोशीलाई सात बुँदे माग राखेर ज्ञापन बुझाएको ई रिक्सा इकाई कमिटी भीमदत्तका अध्यक्ष रमेश कोलीले जानकारी दिनु भयो ।

ज्ञापन पत्रमा माग सुनुवाई नभए आन्दोलनमा उत्रिने अध्यक्ष कोलीले बताउनु भयो ज्ञापन पत्रमा ई रिक्सा सञ्चालन कार्यविधि निर्माण, ई रिक्सा नगरपालिका कार्यालयमा दर्ता, आवश्यकता पहिचान गरेर मात्रै रिक्सा भित्र्याउनु पर्ने, पार्किङ्ग व्यवस्था, सार्वजनिक शौचालय व्यवस्था, श्रम डेस्क स्थापना र भाडादर निर्धारण गर्नु पर्ने माग राखिएका छन् ।







