धिरेन्द्र भट्ट/कंचनपुर : राजनीतिक दलहरूले आगामी निर्वाचनमा बार्षिक आयब्ययको विवरण पेश नगरी भाग लिन नपाउने भएका छन। निर्वाचन आयोगले दलहरूको आर्थिक छविलाई पारदर्शी बनाउन भनी यो निर्देशन जारी गरेको हो। दलहरूले समयमा आर्थिक विवरण प्रकासन नगर्ने, आयोगलाई विवरण नबुझाउने र आयोगले कतिपयलाई दण्ड जरिवाना गर्नुपर्ने भएको हुँदा दलहरूलाई पारदर्शी बनाउन आयोगले निर्देशन जारी गरेको छ।
आर्थिक पारदर्शिता र आर्थिक सुशासनको पक्षमा दलहरूले धेरै सोच्नुपर्ने र स्वमुल्यांकनको अवस्था देखिएको आयोगको भनाइ छ। जस अनुसार अब दलहरूको बार्षिक आयब्ययको विवरण आयोगमा पेस नगरी निर्वाचनमा भाग लिन नपाउने आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले बताए। उनले नेपालको संविधानको धारा “१६९” र “१७१” मा बार्षिक आयब्ययको विवरण पेस गर्नुपर्ने रहेको बताए। त्यसको मनसाय दलहरू कम्तिमा एउटा आर्थिक आयब्यय बर्ष पुरा गरेको हुने अपेक्षा गरेको उनले बताए। ‘उहाँहरुले पेस गर्नुभएको छैन भने मागिन्छ, फेरिपनी पेस गर्नुभएन भने उहाँहरुलाई “एलिजिबिलटी क्राइटेरिया” भित्र पारिन् उहाँहरु दर्ता हुनुहुन्न’, उनले भने।






