धिरेन्द्र भट्ट/कंचनपुर : आज देशभरी जनैपूणिर्मा तथा रक्षाबन्धन मनाइदै छ। प्रतेक बर्ष श्रावण सुक्ल पुर्णिामाको दिनलाई जनैपूणिर्मा तथा रक्षाबन्धन भनिन्छ।आजको दिनलाई हिन्दु धर्मावलम्बीहरुको महान पर्वको रूपमा लिइन्छ। राजधानी तथा अन्य भेगमा रहेका मानिसहरू प्रत्येक वर्ष झै यो बर्ष पनि पर्व मनाउन आफ्नो गृह स्थान तर्फ प्रस्थान भएका छन।

यस्तै आजै गाईजात्रा पनि परेको छ, जनैपूणिर्मा तथा गाईजात्रा एकैदिन परेको हुनाले भक्तपुरमा हिजै गाईजात्रा मनाइएको छ। सरकारले आज पुर्णिामाको अवसरमा सार्वजनिक बिदा दिए पनी भक्तपुरमा हिजो बिदा दिएको थिएन। पुर्णिामा बिहीबार ९ बजेर ४४ मिनेटदेखि आज ७ बजेर २५ मिनेटसम्म तिथि रहनेछ र त्यसपछि लाग्नेछ। यसैकारण भक्तपुर वासिहरुले हिजै जनैपुर्णिामा मनाएका छन।

यस्तै तराईका जिल्लाहरूमा रक्षाबन्धन विशेष तरिकाले मनाइदै छ। दिदिबहिनीहरुले दाजुभाइको हातमा रक्षाको प्रतिक मानेर डोरो बाध्ने चलन रहेको छ। यो पर्व नेपालका अन्य भेगमा मनाइने भएता पनी भारतमा रक्षाबन्धनलाई विशेष मान्यता दिएर मनाइने भएकाले सिमावर्ती जिल्लाहरूमा पनि यो पर्व मनाइने गरिएको छ।







