सार्कीपार्की टोलका विपद पीडितलाई राहत, क्षतिपूर्ति र तटबन्ध निर्माण गर्न माओवादीको माग


कञ्चनपुर: नेकपा माओवादी केन्द्रले सार्कीपार्की टोलका विपद् पीडित नागरिकलाई राहत, क्षतिपूर्ति र उक्त स्थानमा तटबन्ध निर्माण गर्न माग अघि सारेको छ । आईतबार नेकपा माओवादी केन्द्र बेदकोट नगर कमिटीले नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै चौधर नदीबाट विस्थापित सार्कीपार्की टोलका स्थानीयलाई राहत, क्षतिपूर्ति दिलाउन र उक्त स्थानमा तटबन्ध निर्माण गर्न माग अघि सारेको हो । नेकपा माओवादी केन्द्र बेदकोट नगर सचिव दान बहादुर बमले चौधर नदीको कटानीका कारण विपद्को उच्च जोखिममा परेका सार्कीपार्की टोलका स्थानीयलाई राहतका साथै उनीहरुको खेतबारी बगाएकाले न्यायिक क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेर बेदकोट नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताए ।

नगर सचिव बमले सार्कीपार्टी टोल सहित चौधर नदीको कटानीबाट बेदकोट १० चतहरी गाँउमा समेत क्षति भएकाले त्यहाँका नागरिकलाई समेत राहतका साथै क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको बताए । ‘हाम्रो पार्टीले चौधर नदीबाट क्षति भएको स्थान सार्कीपार्की टोल र चतहरी गाँउमा स्थलगत अनुगमन गरेपछि समयमै तटबन्ध निर्माण नहुँदा नदीले कमजोर जमिन कटानी गरेको पायौँ, ‘उनले भने, ‘अहिले पीडितको उद्दार एव राहत र दिर्घकालिनमा उचित तटबन्ध निर्माण गर्नुपर्छ ।’ चुरेबाट बेदकोट भएर दक्षिण बग्ने सबै नदी खोलाले उर्बराभूमि कटानी गरिरहेको भन्दै कटानी रोक्नका लागि आवश्यक योजना ल्याउन समेत माओवादीले नगरपालिकालाई सुझाव दिएका छन । नेकपा बेदकोट नगरका इन्चार्ज गणेश विक(कुसल), अध्यक्ष लाल परियारले बेदकोटका निमित्त मेयर तुलसी जोशीलाई ज्ञापन पत्र बुझाएका छन । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य हिरा जैसी, कैलास सुनार सहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img