धिरेन्द्र भट्ट/कंचनपुर : महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिका बेचबिखन र ओसारपसारको नियन्त्रणमा कुनै कसर नराख्ने प्रतिबद्धता जनाएकी छिन। सोमबार बसेको संसदीय दलको बैठकमा मन्त्री रेग्मीले बालबालिका बेचबिखन तथा ओसारपसार विरुद्धमा गम्भीरता पुर्वक कदम चाल्ने बताइन्। मन्त्रालयको दायरा भित्र रहेको स्रोत साधनले भ्याएसम्म आफ्नो स्थापना केन्द्रहरुलाई सहयोग गरिरहेको उनले स्पस्ट पारिन्। बालबालिका बेचबिखन नियन्त्रणका निमित्त पनि विभिन्न केन्द्र निर्माणका लागि महिला मन्त्रालयले अफुसङ्ग भएको थोरै बजेटबाट पनि विनियोजन गरिरहेको उनले बताइन्।

‘मन्त्रालयले कुनैपनी गर्नसक्ने मन्त्रालयको दायराभित्र रहेको स्रोत साधनले भ्याएसम्म आफ्नो स्थापना केन्द्रहरूलाई सपोर्ट गरिरहेको छ, उनले भनिन् ‘मन्त्रालयले आफैलेपनी केन्द्रहरू निर्माणका लागि आफुसङ्ग भएको थोरै बजेटले पनि विनियोजन गरिरहेको छ। त्यसकारण मन्त्रालयले कुनैपनी हालतमा यतो संबेदनसिल बिसयमा कसर बाकी राख्ने छैन।’ मन्त्री रेग्मीले आइतबार बालबालिका बेचबिखन तथा ओसारपसार विरुद्धक एनको सवालमा मन्त्रालयमा छलफल भएको बताइन्। सो छलफलमा ‘वेस्या’ सब्दलाई उक्त एन मार्फत झिकेको र प्रक्रिया मार्फत कानुनमा पठाइने उनले जनाइन्।







