टिकापुर: कैलाली कारितास अष्ट्रेलिया,कारितास नेपालकाे अाथिक सहयाेग र निड्स नेपालकाे सहकार्य तथा टिकापुर नगरपालिका समन्वयमा ३ दिने खाेज तथा उद्वार तालिम टिकापुर नपामा शुरू गरिएको छ ।

कार्यक्रम उदघाटन टि.न.पा ८ का वडा अध्यक्ष दीर्घ ठकुल्ला काे अध्यक्षता र टीनपाका अध्यक्ष यज्ञ प्रसाद न्याैपाने को प्रमुख अाथित्यमा शुभारम्भ गरिएको हो।

विपदकाे समयमा अाईपर्ने समस्याकाे तत्काल समाधान गर्न ज्ञान सीप प्रदान गर्ने, खाेज उद्वार स्वयंसेवक तयार गर्ने र खाेज तथा उद्वार अाधारभुत जानकारि गराउने तालिमकाे प्रमख उद्वेश्य रहेकाे निड्स नेपालका कार्यक्रम संयोजक विनाेद सिह कडाराले जानकारि गराउनु थियाे ।

वडा नं ७ का अध्यक्षले तालिमको शुभकामना मन्तव्य राख्ने क्रममा याे तालिम वडा नं ७ काे लागि प्रभावकारि रहेकाे यसले केहि रूपमा भए पनि विपद्काे समयमा सहयोग पुग्ने कुरा व्यक्त गर्नु भयाे । त्यसैगरि उद्घाटन समारोहका अध्यक्ष एवम वडा नं ८ का अध्यक्ष दिर्घ ठकुल्लाले तालिम संचालन गरिदिएकाेमा निड्स नेपाललाई धन्यवाद दिदै तालिमले विपद्काे समयमा यसले पक्कै फलदायी रहने र सहयोग पुग्ने बताए ।
तालिमकाे सहजकर्ता रतन टमट्टा र चन्द्र साऊद रहनु भएकाे छ । तालिममा टीकापुर नगरपालिका वडा नं ८ र ७ का युवाहरू, नगर प्रहरि,स्थानीय जनप्रतिनिधि गरि जम्मा २५ जना रहेका छन । तालिममा निड्सका गणेश भुल लगायत पदाधिकारीकाे सहभागिता रहेकाे थियो।
