विभिन्न उच्च पदाधिकारीहरुको उपस्तिथिमा पत्रकार महासंघ दक्षिण कारिएको अधिवेशन सम्पन्न

धिरेन्द्र भट्ट / कञ्चनपुरः पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ। शाखाको सातौ महाधिवेशन सफलता पुर्वक समापन गर्नमा निमित्त विभिन्न विभिन्न विभागका प्रमुखहरुको सहभागी रहयाे।

पत्रकार महासंघ दक्षिण कोरियाको निमन्त्रणामा प्रमुख अतिथिमा दक्षिण कोरिया स्थित नेपाल राजदुत तथा कोरियाका कार्यवाहक अध्यक्ष राम सिंह थापाको उपस्थिति रहेको थियो। साथै विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष बिपुल पोखरेल समेतकाे उपस्तिथि रहेको थियो। साथै अतिथिहरुमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका लागि केन्द्रिय प्रतिनिधि तथा कोषाध्यक्ष कलेन्द्र सेजुवाल रहेका थिए। आदिवासी नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट अध्यक्ष कुल आचार्य, उपमहासचिव देवी बस्नेतको उपस्थिति रहेको थियो। सहकोषाध्यक्ष यज्ञराज सुवेदी, कोरिया अध्यक्ष दिपक पुनको उपस्थिति रहेको थियो।

पत्रकार महासंघ दक्षिण कोरियाका तर्फबाट पनि संरक्षक तथा निर्वाचन संयोजक रुद्र सर्मा, पुर्व अध्यक्ष असोक मैनाली, पुर्व कोषाध्यक्ष गिरिराज कुँवर रहेका थिए। साथै राजनीति संगठनबाट जनसंपर्क समिति सभापति भजिन्द्र क्षेत्री को उपस्तिथि रहेको पत्रकार महासंघ कोरियाका निवर्तमान अध्यक्ष रञ्जन राज कुवरले जानकारी दिए।

अध्यक्ष र महासचिवको लागि भएको निर्वाचनमा अध्यक्षमा किसन गौतमले ६ मतको अन्तरमा विजयी हासिल गरे। गौतमले १६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सबिना कार्कीले १० मत प्राप्त गरिन। कार्की कान्तिपुर अनलाइनकि संचालको रूपमा रहेर समेत काम गरेकी छिन। यस्तै २३ बर्षिय युवा बासुदेव भट्ट २ मतको अन्तरमा महासचिव पदमा निर्वाचित भएका छन। भट्टले १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रोसन राइले १२ मत प्राप्त गरे। भट्टले पत्रकार महासंघमा हासिल गरेको यो पहिलो जिम्मेवारी हो।

अध्यक्ष कुवरले साखाको सातौं महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष गौतम र महासचिव भट्टलाई कार्यकालको शुभकामना दिए। साथै उपविजेता महासंघकि सबिना कार्कीलाई पनि उनले पत्रकारिता क्षेत्रमा गर्नुभएको योगदान अविस्मरणीय र सम्मानजनक रहेको उनी आफ्नो फेसबुक स्टाटसमा लेख्छन्।

ताजा समाचार