कैलाली र कञ्चनपुा मात्रै वसोवास भएका राना समुदायका महिलाहरुको यसरी मनाउछन तीज पर्व

आकाश वोहरा/ कञ्चनपुर : सामान्य तया नेपाली हिन्दु महिलाहरुले ले मनाउने महान पर्व तिज भदौ तृतिया पक्षमा मनाउने गरेपनी कञ्चनपुर र कैलालीमा मात्रै बसोवास गर्दै आएका रानाथारु समुदायका महिलाहरुले साउन महिनामै धुमधाम संग तीज पर्व मनाउँदै छन् । हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीज पर्वलाई लाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा लिने गर्दछन् । विहानै देखि दाजुभाई हरुको दिर्घायुको कामना गर्दे ब्रत बस्ने र दिउसो नदि, तलाउ किनारमा गएर पुजाआजा गर्दै ब्रत खोले पछि मात्रै खाना खाने गर्ने गरेको राना अगुवा महिला प्रेमवती राना बताउछीन । रानाथारु गाँउमा तीज पर्वको आगमन संगै दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ्ग राख्ने चलन समेत रहेको छ भने दिदीबहिनीहरुले बिस्तारै पिङ्ग खेल्दै मांगलिक गीतहरु गाउने गर्दछन् । पिङ्गलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । दिदीबहिनीले पानी समेत नपिएर निराहार ब्रत बसी दाजुभाइको दीर्घायुको कामना गरी प्रसादका रुपमा परम्परागत पकवान सिमही, पितौला, पुरी, गुलगुला बनाउने गर्दछन् ।

रानाहरुको तिज पर्वका दिन व्रत बसेका विवाहित महिलाहरुले दुवो वा अन्य नदिकिनारमा पाईने घासमा ७ वटा गाठा पार्नै र अविवाहित महिलाले ५ वटा गाठा पारेर पुजा गर्ने चलन रहेको छ । रानाथारु समुदायको महत्वपूर्ण पर्व तीजका अवसरमा अन्य समुदाय संग समेत शुभकामना आदान प्रदान गर्ने गर्दछन । रानाथारु समुदाय अलग्गै सूचिकृत र भाषा आयोगमा समेत रानाथारु भाषाले स्थान पाइसकेकोले अब रानाथारु समुदायको मौलिक कला, संस्कृति र भेषभुषालाई संरक्षण गर्न मद्दत पुग्ने र यस्ता खाले मौलिक पर्वहरुको जगेर्ना गर्न स्थानिय तहलेसमेत आर्थिक समाजिक सहयोग गर्नुपर्ने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी बताउछन ।

साउन महिनामा रानाथारु समुदायले मनाउने तीजका गीतहरु लोप हुने अवस्थामा पुगेपछि युवाहरुलाई संस्कृति जोगाउनका लागि प्रेरित गर्न र परम्परागत पहिरन समेतको लोक संस्कृति जगेर्ना गर्न कञ्चनपुरको बेदकोट नगरपालिका का राना वस्ती भएका वडाहरुले बजेट समेत छुट्याउन पहल थाल्ने कञ्चनपुरको बेदकोट नगरपालिका ६का अध्यक्ष तुलसी राना ले बताउछन । पछिल्लो समय पश्चिमी समाजको प्रभावले पुराना परम्परागत लोक संस्कृति हराउदै गएका बेला कञ्चनपुर र कैलालीमा मात्रै बसोवास गर्दै आएका सुचिकृत जात जातीमा पर्ने रानाथारु समुदायका परम्परागत भेष भुषा र रितिरिवाजको जगेर्ना गर्न राज्यको समेत दायित्व हुने हुदा पुरातात्वीक कला संस्कृतिको रक्षार्थ नयाँ पुस्तामा हस्तान्तरण हुनु जरुरी छ ।

ताजा समाचार

spot_img