नेपाली उपभोक्ता संरक्षण महासंघ जिल्ला शाखा कञ्चनपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा नेपाल चयन

महेन्द्रनगर । नेपाली उपभोक्ता संरक्षण महासघ जिल्ला शाखा कंचनपुरको प्रथम अधिबेशन सम्पन्न भएको छ । शनिबार संघका अध्यक्ष माया नेपालको अध्यक्षतामा सम्पन्न अधिबेसनबाट संघको अध्यक्षमा माया नेपाल चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि महासंघका सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष रामचन्द्र रेग्मी रहेका थिए । संघको बरिष्ठ उपाध्यक्षमा जयराज तिवारी, उपाध्यक्षमा शान्ता अधिकारी भारती, र लक्ष्मी विष्ट, महासचिवमा कमल प्रसाद जोशी, सचिवमा निशा भट्ट र कोषाध्यक्षमा विशाल नेपाल सर्वसम्मतीमा चयन भएका छन । त्यसैगरी सदस्यमा उमा रिमाल, कल्पना शर्मा नेपाल, पार्भती न्यौपाने, प्रभा उपाध्याय, धना देवि भड्ड, भुमिका शाही, लक्ष्मी धामी र सकुन्तला कुवर चयन भएका छन ।

कार्यक्रममा महासङ्घका सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष रामचन्द्र जोशी , उपाध्यक्ष लक्ष्मी केसि , सचिब बल बहादुर साउद र कोषाध्यक्ष झुमा चौधरी घरेलु तथा साना उद्योग कार्यालयका कृष्ण देब भट्ट, समाजसेवी लीलाधोज बस्नेतको उपस्थी रहेको थियो ।

ताजा समाचार

spot_img