भीनपा–१८ ले ग¥यो बेसहराको सपना साकार

७० वर्षको उमेरमा नेपाली नागरिकता पाए

कञ्चनपुर : ७० वर्षिय असहाय व्यक्ति बाजुरा जिल्लामा जन्मिएका ९ वर्षको उमेरमा आमा बुवा सहित जीवन निर्वाह गर्ने शिलशिलामा कञ्चनपुर झरेका पुरन बहादुर थापा र मैना देवी थापाका छोरा लाल बहादुर थापा जसले कञ्चनपुर आएको केही वर्षमै आमा बुवा गुमाएका थिए । उनी नेपाली नागरिक हुदाँ हुदै पनि प्रमाण र कागजातको अभावमा नागरिकता पाउन सकेका थिएनन् जसले गर्दा उनले नेपाली नागरिकले पाउने सुविधा बाट पनि बञ्चित थिए ।

भीनपा –१८मा बस्ने थापाले वडा सदस्य हेम बहादुर बस्नेतलाई नेपाली नागरिकता बनाईदिन आग्रह गरे पछि वडा सदस्य बस्नेतको पहलमा भीनपा–१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा र सदस्हरुको पहलमा जिल्ला प्रशासन कार्यालय कञ्चनुरले नेपाली नागरिकता दिएको छ । नागरिकता पाए पछि थापाले ‘आफु बल्ल नेपाली नागरिक भएको र देशले आफुलाई सम्मान गरेको बताए । ‘अब म नेपाली भए, नेपाली भएर मर्ने छु’ । मेरो ठुलो धोको पुरा भयो ।’

वडा सदस्य हेम बहादुर बस्नेतले भने ‘असार ८ गते प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय हुँदा पहल गरेको थियौं अहिले नयाँ प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल आए पछि नागरिकता दिलाउन सफल भर्यौ ।’ ७० वर्षिय थापाको स्वास्थ्य विमा गरि सकेको र वृद्धभत्ताको लागि पनि काम अगाडि बडेको वडा सदस्य बस्नेतले बताए ।

ताजा समाचार

spot_img