ईप्रका गड्डाचौकी निरन्तर तस्कर तह लगाउँदै

तस्करीका समान बरामद गर्दै भन्सार चलान गर्द

कञ्चनपुर, :: ईलाका प्रहरी कार्यालय गड्डाचौकी निरन्तर तस्कर तह लगाउने काममा सकृय देखिएको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीले भारतबाट भन्सार नकाटेका चोरी तस्करीका समान बरामद गर्दै भन्सार चलान गर्ने कार्य निरन्तर अघि बढाएको छ ।ईप्राका गड्डाचौकी भन्दा अगाडी भन्सार र सशस्त्र प्रहरीको बिओपी छ । भन्सार ब्यारेलमा सशस्त्र प्रहरी र भन्सारका कर्मचारी खटिएका छन ।तर, त्यहाँबाट सहजै महेन्द्रनगर तर्फ आईरहेको अवैध समानमा ईप्रका गड्डाचौकीले निगरानी गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ईप्रका गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक बहादुर सिह धामी कमाण्ड नेतृत्वको टोलीले अवैध समान बरामद गरेर भन्सार बुझाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले भारतबाट चोरी तस्करी गरी नेपाल भित्र्राईरहेको अवैध समान बरामद गरेर भन्सार बुझाईएको बताए । कञ्चनपुर प्रहरीका सुचना अधिकारी शाहका अनुसार भारतबाट भन्सार चोरी छली महेन्द्रनगर तर्फ ल्याईएको तेल, बिडी, नमकिन, फु्रटी, चकलेट, फेन्टासहित ७७ हजार, ४१४रुपैँया बराबरको समान बरामद गरेर भन्सार चलान गरिएको छ । भन्सारदेखि पुर्व झण्डै २सय मिटर दुरीबाट अवैध समान बरामद गरेर पुन भन्सारमै चलान गरिएको छ । यस अघि पनि ईप्रका गड्डाचौकीले निरन्तर अवैध समान बरामद गर्दै तस्करलाई तह लगाउँदै अवैध समान बरामद गरेर भन्सार चलान गर्दै आएको छ । अहिले पनि गरेको छ । कञ्चनपुर जिल्लाभरी रहेका सीमावर्ती प्रहरी चौकी, ईप्रका सहित अस्थायी स्थायी यूनिटले यस्तै गरी अवैध समान बरामद गर्दै भन्सार चलान गरेर राजस्व चुहावट चोरी तस्करी नियन्त्रण हुने स्थानीयको सुझाव छ ।

ताजा समाचार

spot_img