एसएसबीको दादागिरी कायमै : दोधारा चाँदनीको सुन्दरनगरमा एसएसबीले खेती गर्नमा रोक


दोधारा । सुन्दरनगरमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगर नेपाल–भारत सिमा क्षेत्रमा रहेको स्थानिय ईन्द्र बहादुर रोकाया मगरको नाउमा रहेको सेतो पुर्जा जग्गा जोत्दै गर्दा भारतिय सिमा सुरक्षा बल एसएसबीले रोक लगाएको हो । शनिवार ईन्द्र बहादुर रोकाया मगरले नेपाल–भारत सिमा स्तम्भ नं. १६ र १७ को बिचमा पर्ने आफ्नो खेत जात्न लाग्दा भारतिय सिमा सुरक्षा बल एसएसबीले रोक लगाएको स्थानियहरुले बताएका छन् । भारतिय सिमा सुरक्षा बलले खेत जोत्न नपाएपछि ईन्द्र बहादुर मगरले स्थानिय प्रशासनलाई गुहार लगाएका थिए । भारतिय पक्षको दादागिरी भन्दै स्थानियहरुले बिरोध जनाएका छन् । बिबाद भएपछि नेपाल तर्फका सुरक्षा अधिकारी बिबाद स्थलमा पुगेका थिए । बिबाद साम्य गर्न आज अपरान्ह ५ बजे दुबै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधीका स्थानिय स्तरमा सिमा बैठक बस्ने भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले बताएका छन् ।


ताजा समाचार

spot_img