दोधारा । ईन्द्रा मध्यवर्ती सामुदायिक बन दोधारा चाँदनीका अध्यक्षमा पुन ः करन सुनार चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ स्थित रहेको ईन्द्रा मध्यवर्ती सामुदायिक बनका अध्यक्ष पदमा पुन ः करन सुनार चयन भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । आज ईन्द्रा मध्यवर्ती सामुदायिक बन उपभोक्ताहरुको बसेको भेलाले उपाध्यक्षमा दिवान चन्द, सचिवमा नैनसिंह भण्डारी र कोषाध्यक्षमा बिष्णा खत्री चयन गरेको हो । यस्तै सदस्यहरुमा जनक बुडाल, धौली साँउद, करन सिंह भण्डारी, भक्त बहादुर सुनार, जय बहादुर सुनार, राधा गुरुङ्ग र बल बहादुर बस्नेत गरि ११ सदस्यीय सामुदायिक उपभोक्ता समिति गठन गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले बताएका छ् । चयन भएका सामुदायिक बनका पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिईएको थियो । कार्यक्रममा दलका प्रतिनिधी, वडाप्रतिनिधी, बन उपभोक्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन मेहनद्र बिष्टले संचालन गरेका थिए ।







