वन नियमावली ०७९ खारेजीको माग अघि सारेर ज्ञापन पत्र

कञ्चनपुर: सामुदायिक वन उपभोक्ता महासंघ नेपालले डिभिजन वन र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कञ्चनपुरले शुक्रबार डिभिजन वन कार्यालय र प्रशासनमा ज्ञापन पत्र बुझाएको हो ।  महासंघले संविधान, संघीयता सामुदायिक वन र महिला अधिकार बिरोधी वन नियमावली ०७९ खारेजीको माग अघि सारेर ज्ञापन पत्र बुझाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउदले उपभोक्ता बिरोधी वन नियमावली खारेजीको माग अघि सारेर वन, प्रशासन सहितका निकायलाई ज्ञापन पत्र बुझाएको बताउदै माग पुरानगरे आन्दोलनको चेतावनी दिनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा महासंघका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img