अठार नम्वर पिल्लर बस्ती नजिक एक भारतियको शव फेला


दोधारा । दोधारा चाँदनीको अठार नम्वर पिल्लर नजिक एक भारतियको शव फेला परेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्वर पिल्लर बस्ती नजिक रहेको झोलुङ्गे पुल नजिक उखुवारीमा पिलिभित जिल्ला, बोधिपुर (उत्तरप्रदेश भारत) का वर्ष अन्ताजी ६५ का बालमृत राजबाघको शव फेला परेको स्थानियले बताएका छन् । शव गन्हाएको र हातमा चोट रहेका बताईएको छ् । स्थानिय महिलाहरुले उखुवारीमा घाँस काट्दै गर्दा शव देखेपछि प्रहरीलाई खबर गरेको थिए । नजिकै रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियकवार) र प्रहरी चौकी बाबाथानको एक टोली घट्नास्थलमा पुगको थियो । मृतकका आफन्तहरुले आएपछि शवको सनाखत भएको हो । मृत्युको कारण खुलेको छैन् । स्थानीयले हत्याको आशंका गरेका छन् ।


ताजा समाचार

spot_img