दोधारा । दलित मुक्ती मोर्चाका पाका नेता तिल बहादुर सुनारले नेकपा एमाले परित्याग गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी नेकपा एमालेको भातृ संगठनमा रहेर काम गरेका पाका नेता तिल बहादुर सुनारले पार्टी परित्याग गरेका घोषणा गरेका छन् । हिजो नेकपा एमाले दोधारा चाँदनी नगर अध्यक्ष समक्ष आफ्नो राजिनामा पेश गरेको सामाजिक संजालमा राखेका छन् ।


२०२८ साल देखि नेकपा एमालेमा आबद्ध भई १८ वर्ष बामपन्ती राजनितिकमा सक्रिय भई २०४६ सालको जनआन्दोलन पश्चात खुला राजनितिकमा आई नेकपा एमालेको झण्डा बोकी सक्रिय राजनितिक गर्दै आएका तिल बहादुर सुनारले एकाएकपार्टी परित्याग गरेका छन् । गरिबको पक्षमा कुनै काम नगरेको र दलित, उत्पीडित, शोषित, गरिब र बिपन्न बर्गलाई केवल चुनावी खेलौना बनाउने काम गरिएको तथा पार्टी भित्र गलत प्रबृती हावी भएको उनले आरोप लगाएका छन् ।








