अखिल क्रान्तिकारीमा सिके भट्टको पुनरोदय, सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी

महेन्द्रनगर : नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीमा जुझारु नेता सिके भट्टको पुनरोदय भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्ष हुँदा निजी विद्यालयको बेथिति र मनपरीविरुद्ध सशक्त कदम चाल्न तत्कालीन जिल्ला शिक्षा कार्यालयलाई बाध्य पारेका नेता भट्ट क्रान्तिकारीको केन्द्रीय सदस्यसँगै सुदूरपश्चिम इन्चार्ज बनेका छन् ।

क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाबाट बनेको पवन कार्की नेतृत्वको आयोजक समितिमा सिके भट्टलाई दोस्रो नम्बरमा राखिएको छ । उनी क्रान्तिकारीमा संयोजक कार्कीपछि दोस्रो नेता बनेका छन् । विशेष भेलाले नेता भट्टलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिएको छ ।

ताजा समाचार

spot_img