धिरेन्द्र भट्ट/कंचनपुर : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको बिराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्री सङ अनुरोध गरेकी छिन। मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व गिरिजाप्रसाद कोईरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले बिराटनगरको जुट मिलमा रहेको भवनलाई गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्री समक्ष अनुरोध गरिन।

‘प्रधानमन्त्री ज्यु यहाँ हुनुहुन्छ म उहालाई अनुरोध गर्न चाहान्छु, जुट मिलमा एउटा बिल्डीङ छ त्यो १४ कट्ठाको हो।’ उनले भनिन् , त्यो बिल्डिङ लाई एउटा म्युजियमको रूपमा बनाउ त्यहाँ यस्ता सामग्रीहरु छन जुन आज कहिपनी यो सामग्रीहरु तपाईंले पाउनुहुन्न। बिदेशबाट ल्याएको त्यो बेलाको सामग्री अहिलेसम्म त्यहाँ यथावत रहेको छ।’ उक्त भवनलाई गिरिजाप्रसाद कोइरालाको संग्रहालयका रुपमा बनाउनसके कांग्रेसको लागि ठूलो इतिहास बन्न सक्ने उनले बिश्वास जताइन। नेतृ कोइरालाले अहिले प्रधानमन्त्री कांग्रेसकै भएको बेला त्यसलाई संग्रहालयको रूपमा अघि बढाउनु हुन्छ भन्दै कार्यक्रममा उपस्थित सबैको चाहाना यहि रहेको भन्दै प्रधानमन्त्री समक्ष अनुरोध गरिन।







