दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्तीमा बल्ल पुग्यो बिद्युत पोल


दोधारा । दोधारा चाँदनी नगरपालिकाको बिकट बस्तीकोरुपमा चिनिएको अठार नम्वर पिल्लर बस्तीमा बिद्युत पोल गाड्ने काम सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० को जगबुडा पारीको गाँउ अठार नम्वर पिल्लर बस्तीको संचारमाध्यममा बारम्बार समाचार आउदै गर्दा उक्त बस्तीमा बिद्युत सेवा बिस्तार गर्न पोल गाड्ने काम सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बस्तीमा बिद्युत सेवा बिस्तार गर्न १० थान बिद्युत पोल गाड्ने काम सुरु गरिएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको भारतको सिमा संग जोडिएको बस्ती अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी बसोबास गर्छन् । पछिल्लो समय स्थानिय सरकारको समेत उनिहरुलाई विद्युत सुविध उपलब्ध गराउने तर्फ ध्यान जान सकेको थिएन् ।

सबै तिर बाट ध्यान नपुगेपछि विद्युत सुविधाको आशा मारेका उनिहरु अहिले सामान्य बैकल्पिक सौर्ज उर्जा प्रयोग गर्दै आएका छन् । उनिहरुले भारतमा गएर मोवाईल चार्ज गर्न बाध्य भएका छन् । वडाध्यक्ष सिंहले नेपाल बिद्युत प्राधिकरण महेन्द्रनगर कार्यालय तथा प्रदेश कार्यालयमा हारगुहार गरे संगै १० थान बिद्युत पोल अठार नम्वर पिल्लर बस्तीमा बिद्युत सेवा बिस्तार गर्ने कार्य अघि बढाएका हुन् । ‘अठार नम्वर पिल्लर बस्तीको लागी १० थान बिद्युत पोल गाड्ने काम सुरु भएको छ्’ दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले भने । बस्तीमा बिद्युत सेवा बिस्तार हुन थालेपछि अठार नम्वर पिल्लर बस्तीको स्थानियहरु खुशीले गदगद भएका छन् । स्थानियबासी माया सुनारले वर्षौ देखि आफुहरुले माँग राख्दै आएको बिद्युत सेवा बल्ल आउन थालेकोमा खुशी मान्दै स्थानिय सरकार भएको बल्ल आभाष भएको बताएका छन् । ‘बल्ल हाम्रो गाँउ झलमल्ल हुने भयो’ माया देबी सुनारले भनिन् ।


ताजा समाचार

spot_img