दोधारा चाँदनीमा उदयदेब सहकारीद्धारा मृत्युदावी बिमा रकम हस्तान्तरण


दोधारा । उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले आफ्नो संस्थामा आबद्ध शेयर सदस्यलाई कर्जा बिमा अन्तरगत मृत्यु दावी बिमा रकम हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० प्रतिभा टोलमा उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीद्धारा गठित प्रतिभा महिला समुहका सदस्य बाल देबी खड्काको निधन प्रति शोक ब्यक्त गर्दै बिमा दाबी रकम तथा काजक्रिया खर्च बापतको रकम रु. ७ लाख १७ हजार ५ सय रुपिँया रकम हस्तान्तरण गरिएको छ् । उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालय महेन्द्रनगरका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द, दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, सिटिजन लाईफ ईन्सोरेन्सका प्रतिनिधी नवराज जोशीले सयुक्तरुपमा मृतक सदस्य बाल देबी खड्का को श्रीमान भिम बहादुर खड्कालाई रु. ७ लाख १७ हजार ५ सय रुपिँयाको चेक हस्तान्तरण गरिएको उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीका शाखा प्रबन्धक भरत सिंह बिष्टले जानकारी दिएका छन् । बाल देबी खड्काको केही दिन अघि करेन्ट लागेर मृत्यु भएको थियो ।

मृतक खड्का उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनी अन्तर्गत आबद्ध प्रतिभा महिला समुहका शेयर सदस्य रहेका थिए । उनले संस्था बाट ३ लाख ५० हजार कर्जा लिई कर्जा बिमा गरेका थियो । मृतक खड्काकै निवासमा पुगेर मृत्युदाबी बिमा तथा काजक्रिया रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक बिष्टले बताएका छन् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले समुहमा अनुशासन कायम गर्नुपर्ने, बिमा गर्नु पर्ने र कर्जा सदुपयोग गर्ने बारे प्रष्ट्याएका थिए । उनले बैंक तथा वित्तिय संस्थाबाट आफुलाई आवश्यक पर्ने रकम मात्र कर्जा स्वरुप लिनु पर्ने, अन्य फजुल खर्च गर्दा समस्या आउने तथा उत्पादनमुलक परियोजनामा लगानी गरेर आफ्नो आय वृद्धि गरी जिवन स्तर माथी उकास्नु सकिने बताए । पिडामा रहेको बेला मृतकको घर–परिवारलाई उदयदेब बहुउद्धेश्यीय सहकारी संस्थाले सहयोग गरेको भन्दै उदयदेब बहुउद्धेश्यीय सहकारीलाई वडाध्यक्ष सिंहले बिशेष धन्यबाद दिएका थिए । उपस्थित स्थानिय तथा प्रतिभा समुहका सदस्यहरुले पिडामा रहेको बेला पिडित घरपरिवारलाई सघाएको भन्दै संस्थाको उच्च प्रशंसा गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा २०६७ सालमा उदयदेब सहकारी संस्थाले आफ्नो सेवा केन्द्र स्थापना गरेको हो । नगर क्षेत्रमा फैलिएको १ सय १३ महिला समुहमा ३ हजार बढी महिलाहरु संस्थामा आबद्ध भई व्यवसायिक रुपमा काम गर्न खोज्ने शेयर सदस्यलाई संस्थाले लघुउद्यम कर्जा समेत उपलब्ध गराउदै आएको छ् । यस आर्थिक वर्षमा संस्थाले शेयर सदस्यको मृत्यु, श्रीमानको मृत्यु, सुत्केरी सहयोग, पाठेघर अप्रेशन, क्यान्सर तथा बाढी पिडितलाई गरि रु. ५ लाख ६५ हजार रकम सहयोग गरेको उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् । लघुवित्तको यस क्षेत्रमा ठुलो संरचना रहेको उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लि. ले आर्थिक तथा सामाजिक रुपान्तरणमा दोधारा क्षेत्रमा दशक देखि निरन्तर अगाडी बढिरहेको छ् ।


ताजा समाचार

spot_img