बिद्युत प्राधिकरणको फ्युज सेवा दोधारा चाँदनीमा अनिश्चितकालिन तालाबन्दी


दोधारा । बिद्युत प्राधिकरणको लापरवाहीको कारण दोधारा चाँदनीमा बालिकालाई करेन्ट लागेर घाईते भएको भन्दै उपचार खर्च र क्षतीपुर्तीको माँग गर्दै स्थानियहरु आन्दोलनमा उत्रेका छन् । गएको २९ गते दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोललाई जोड्ने झोलुङ्गे पुलको सर्पोट तारमा खेल्दै गर्दा अन्ताजी १ मिटर माथी रहेको ११ केभिको हाईटेन्सन लाईनमा अचानक करेन्ट लागेर घाईते भएका स्थानिय वर्ष १३ कि नेहा कठायतको अवस्था दैनिय बन्दै गएको र नेपाल बिद्युत प्राधिकरणको चरम लापरवाही देखिएको भन्दै पिडित बालकको उपचार खर्च संगै क्षती पुर्तीको माँग राख्दै आज दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा जोशी तथा दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई पिडित परिवारजन र स्थानियहरुले ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा झोलुङ्गे पुलको झण्डै एक मिटर माथी जडान गरिएको ११ केभिको हाईटेन्सन बिद्युत लाईनमा तत्कालिन जडानको समयमा स्थानियहरुले बिरोध बाबजुत नेपाल बिद्युत प्राधिकरणले प्रहरी प्रशासन लगाई बल प्रयोग गरि उक्त स्थानमा बिद्युत लाईन बिस्तार गरेको कारण आगामी दिनहरु थप जोखिम हुनसक्ने भन्दै झोलुङ्गे पुल नजिक क्षेत्रबाट ११ केभिको हाईटेन्सन बिद्युत लाईन हटाउन समेत माँग गरि दोधारा चाँदनी नगरपालिका कार्यालयमा पिडित परिवारजन र स्थानियबासीले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ् ।

बिद्युत प्रधिकरणको चरम लापरवाहीको कारण घाईतेको उपचार खर्च र क्षतीपुर्ती सहित झोलुङ्गे पुल नजिक बिस्तार गरिएको ११ केभिको हाईटेन्सन बिद्युत लाईन हटाउन माँग गरिएको करेन्ट लागेर घाईते भएका नेहा कठायतका आमा दिपा कठायतले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा जोशीले दोधारा चाँदनी नगरपालिकाले प्रारम्भिक चरणमा घाईतेलाई उपचार खर्च भनि रु. २० हजार रकम उपलब्ध गराएको र आगामी कार्यपालिकाको बैठकमा घाईतेको सहयोग र क्षतीपुर्तीको लागी आफुहरुले पहल गर्ने बताएका छन् । ‘हामीले घाईतेको उपचार तथा क्षतीपुर्ती र न्यायको लागी पहल गर्ने छौं’ नगर उपप्रमुख गंगा जोशीले भने । आजै पिडित परिवारजन र स्थानियहरुले नेपाल बिद्युत प्राधिकरण मेहन्द्रनगर कार्यालयमा बारम्बार गई उपचार खर्च र क्षतीपुर्ती माँग राख्दै आएपनि कुनै वास्था नगरेको भन्दै अनिश्चितकालको लागी सेवा केन्द्र दोधारा चाँदनीमा तालाबन्दी गरेका छन् । समाचार तयारपारुञ्जेल तालाबन्दी यथावत रहेको थियो ।


ताजा समाचार

spot_img