अनेरास्ववियू केन्द्रीय कार्यबाहक अध्यक्षमा पन्त

कञ्चनपुर: नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू केन्द्रीय कार्य कमिटिको कार्य बाहक अध्यक्षमा माधव पन्त चयन भएका छन । अनेरास्ववियू केन्द्रीय कार्य कमिटिको उपाध्यक्ष रहेका पन्तलाई संगठनले कार्यबाहकको जिम्मेबारी दिएको हो ।

अनेरास्ववियू कञ्चनपुरका उपाध्यक्ष प्रज्वल कुँवरले संगठन प्रमुख समेत रहेका पन्तलाई दैनिक तथा राजनीतिक एव साँगठानिक कामकाजका लागि कार्यबाहकको जिम्मेबारी दिएको बताए । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेको पत्रमा कार्यबाहक अध्यक्षको जिम्मेबारी दिईएको छ ।

विद्यार्थी पन्त कञ्चनपुरको शुक्लाफाँटाका स्थानीय हुन । उनी झण्डै दुई दशक बढिसमयदेखि विद्यार्थी राजनीतिमा सकृय छन ।

ताजा समाचार

spot_img