कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि निर्वतमान महासचिव बाशुदेव जोशी९बिनोद०ले वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएका छन । झण्डै तीन दशकदेखि व्यापार व्यवसायमा जुटेका जोशीले यस पटक वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन ।

चर्चित चश्मा व्यवसाय जोशीले वाणिज्य संघमा सदस्यदेखि क्रमिक रुपमा सचिव, महासचिव हुँदै अहिले हुँदै वाणिज्य उपाध्यक्षमा आँकाक्षा देखाएका छन । जोशीको काँजल चस्मा सेन्टर छ । जिल्लामै काँजल चस्मा सेन्टर चर्चित छ । उनले यस पटक वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन । उनलाई बलिया उम्मेदवारका रुपमा हेरिएको छ ।

जोशीसंगै उद्योग वाणिज्य उपाध्यक्षमा धर्मसिह रावल र यज्ञराज भट्टले समेत उम्मेदवारी दिएका थिए । अन्तत यज्ञराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन । समाजिक एव व्यवसायिक हकहितका साथै जिल्लाको आर्थिक विकासका लागि खटिएका जोशीलाई व्यवसायीले समेत बलिया उम्मेदवारका रुपमा हेरेका छन ।







