कञ्चनपुर: कञ्चनपुर उद्योग वाणिज्य संघको सचिवमा जिल्लाका चर्चित युवा व्यवसायी राहुल भट्ट निर्विरोध निर्वाचित भएका छन । वाणिज्य संघको नयाँ कार्य समितिको सचिवका लागि करन पाल र राहुल भट्टले उम्मेदवारी दिएका थिए । पालले उम्मेदवारी फिर्ता लिएसंगै भट्ट स्वत सचिवमा निर्विरोध निर्वाचित भएकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस अघि भट्ट सदस्यमा निर्वाचित भएका थिए । १८ बर्षको उमेरदेखि व्यवसायमा लागेका भट्ट अहिले सचिवको जिम्मेबारीमा पुगेका छन । मदिरा, औषधी र खेलकुद समाग्रीका व्यवसायी भट्ट विवित क्षेत्रमा जोडिएका छन । स्वाथ्य तथा समाजिक विषयमा स्नाकोत्तर गरेका भट्ट व्याडमिन्टन संघका उपाध्यक्ष एव कञ्चनपुर मदिरा व्यवसायी संघका अध्यक्ष हुन । नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तरगत स्थानीय व्यापार प्रर्बद्धन समितिका सदस्य समेत रहेका भट्टले वाणिज्य संघको सचिव जिम्मेबारी पाएसंगै व्यवसायीको प्रर्बद्धन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







