बिद्युत आपुर्ती सहज गर्ने प्रधिकरणको प्रतिबद्धता


दोधारा । गर्मी बढे संगै दोधारा चाँदनीमा विद्युत आपुर्तीमा भईरहेको असहजता जनजिवन कष्टकर हुनुका साथै खेतीपातीको बेला सिचाईमा यसको असर बढी देखा परेको छ् । दोधारा चाँदनी नगरपालिकामा किसानहरुको रोपाईको समय तथा प्रचण्ड गर्मीका समयमा पटक–पटक विद्युत अनियमितता संगै लो–भोल्टेजले पिडा माथि थप पीडा थपिदिएको छ् । गर्मी सगैं धान रोप्ने समयमा भएको विद्युत अनियमितताले यहाँका किसानहरु आक्रान्त भएका छन् । स्थानियहरुको समस्यालाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले नेपाल बिद्युत्त प्राधिकरण महेन्द्रनगर कार्यालयका कार्यालय प्रमुख मनोज शर्मा संग भेट गरि बिद्युत्त आपुर्तीको समस्या बारेमा छलफल गरेका छन् । धान रोपाई तथा त्यसैमा गर्मीमा बिद्युत्त आपुर्ती समस्या भएको कारण बिद्युत आपुर्ती सहजताको लागी नेपाल बिद्युत्त प्राधिकरण महेन्द्रनगर कार्यालयका कार्यालय प्रमुख संग छलफल गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता ओंम बस्नेतले जानकारी दिएका छन् । नेपाल बिद्युत्त प्राधिकरण महेन्द्रनगर कार्यालयका कार्यालय प्रमुख मनोज शर्माले बिद्युत आपुर्ती सहज गर्न प्रयास जारी रहेको बताउदै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भोल्टेज बढाने काम गरिने बताएका छन् । गर्मीको समय संगै स्थानिय किसानहरु धान रोप्नका लागी सिचाई गर्न बाट बन्चीत भएको अवस्थामा बिद्युत सहजता गर्न पहल गरिएको दोधारा चाँदनी नगरपालिका नगर प्रमुखको सचिवालयले जनाएको छ् । नगर प्रमुखको सचिवालयले समस्या प्रति नेपाल बिद्युत्त प्राधिकरण महेन्द्रनगर कार्यालयका कार्यालय प्रमुखको गम्भीर ध्यानाकर्षण भएको र समस्या समधानका लागि तत्काल पहलकदमी चाल्ने प्रतिबद्धता बिद्युत प्राधिकरण महेन्द्रनगर कार्यालयका कार्यालय प्रमुखले जनाएको दोधारा चाँदनी नगरपालिका नगर प्रमुखको सचिवालयको फेसबुक पेजमा उल्लेख छ् । जनप्रतिनिधीले बिद्युत आपुर्तीको बारेमा गरेको पहल प्रति स्थानियहरु हर्षित भएका छन् ।

 


ताजा समाचार

spot_img