दोधारा चाँदनी नगरपालिका बजेट सुत्रबद्ध गर्ने देशकै पहिलो स्थानिय तह


दोधारा । दोधारा चाँदनी नगरपालिका स्थानिय तह संञ्चीत कोष ब्यवस्थापन प्रणाली (सुत्र) सफ्टवेयर प्रयोग गरि बजेट स्वीकृत गराउने देशकै पहिलो स्थानिय तह बनेको छ् । दोधारा चाँदनी नगरपालिका लगातार दोस्रो पटक बजेटलाई सुत्र प्रणाली प्रबिष्ट गरि स्वीकृत गराउने पहिलो स्थानिय तह बन्न सफल दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का अध्यक्ष तथा समाजिक बिकास समिति तथा लेखा समिति संयोजक ओंम प्रकाश रोकायाले जानकारी दिएका छन् । नियमन निकाय महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०७८/०७९/०७९/८० मा दोधारा चाँदनीले पहिलो पटक बजेटलाई सुत्र प्रणालीबाट प्रबिष्ट गरेर स्वीकृत गराएको जनाएको छ् । मन्त्री परिषद्ले १७ बैशाख २०७६ मा यो प्रणाली सबै स्थानिय सरकारले अनिवार्य प्रयोगमा ल्याउनु पर्ने निर्णय गर्दै प्रणालीलाई स्वीकृत गरेको थियो । तर अझै पनि कतिपय स्थानिय तहले यो प्रणाली लागु गरेको छैन् । ७ सय ५३ स्थानिय तह मध्य दोधारा चाँदनी नगरपालिका सुत्र प्रणालीबाट प्रबिष्ट गर्ने पहिलो नगरपालिका भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का अध्यक्ष तथा समाजिक बिकास समिति तथा लेखा समिति संयोजक ओंम प्रकाश रोकायाले बताएका छन् । सुत्र प्रणालीको प्रयोग अनिवार्य गर्ने सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयले संघिय मामिला तथा सामान्य प्रशासन मार्फत सबै स्थानिय तहलाई ताकेता गर्दै आएको छ् । उसले बजेटिङ, लेखाकंन तथा प्रतिबेदन सुत्र प्रणालीबाटै अनिवार्य गर्ने भनेको छ् । महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारले अनिवार्य पालना गर्ने भनि निर्देशन जारी गरेका प्रणाली पालना नगर्ने स्थानिय तहको संघिय सरकारबाट जाने अनुदान रोक्का हुन पनि पटक पटक सचेत गराउदै आएको छ् । सरकारले तिनै तहको सरकारको खर्च र आम्दानीको बिबरणमा एकरुपता ल्याउने गरि सुत्र प्रणालीको बिकास गरिएको हो । प्रदेश र स्थानिय तहको आर्थिक कार्य प्रणाली र प्रशासनिक काम कार्वाहीमा एकरुपता ल्याउन तथा पारदर्शी लेखा राख्ने उद्धेश्यले सरकारले ‘अन्तर सरकारी संञ्चीत कोष ब्यवस्था प्रणाली (सुत्र) सफ्टवेयर कार्यान्वयमा ल्याएको हो । प्रदेश र स्थानिय तहमा आधारभुत बजेटिङ तथा लेखांकन मापदण्डमा आधारित आर्थिक कारोवारको ब्यपस्थापन सहज रुपमा गराउने उद्धेश्यले बिकास गरिएको वेभमा आधारित सफ्टवेयर प्रणाली हो । सुत्रमा प्रदेश र स्थानिय तहका लागी छुट्टा छुट्टै मोडेल बिकास गरिएको छ् ।


ताजा समाचार

spot_img