बैवाहिक बर्षगाँठको अवसरमा जोशी दाम्पतीद्वारा दलितविद्यार्थीलाई पोसाक र शैक्षिक समाग्रीवितरण

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १७ बाँसखेडका एक दाम्पत्तीले आफ्नो बैवाहिक बर्ष गाँठको अवसरमा दलित समुदायका विपन्न विद्यार्थीलाई पोसाक तथा शैक्षिक समाग्री वितरण गरेका छन । बाँसखेडाका गणेश दत्त जोशी दाम्पत्तीले ११औँ बैवाहिक दिनको अवसर पारेर अमन कोली, आदित्य कोली, अनुप टमाटा, विपीन टमाटा, जर्पिता कोली दलित समुदायका विपन्न विद्यार्थीलाई पोसाक सहित शैक्षिक समाग्री दिएका हुन ।

जोशी परिवारले समाजिक सेवाकोभावनामाले विपन्न समुदायका बालबालिकालाई सक्दो सहयोग गरेको बताएका छन । दलित बालबालिकाको नामा एनजिओ चलाउने, अभियान चलाउनेहरुले केहीनगरेपनि जोशी दाम्पत्तीले आफ्नो निजी खुसीमा सहयोग गरेको भन्दै विपन्न दलित समुदायका बालबालिका अभिभावक हर्षित भएका छन ।

ताजा समाचार

spot_img