दोधारा । दोधारा चाँदनीको बादी घरपरिवारहरुको घर निमार्णमा वडाध्यक्षले पहल गर्ने भएका छन् । बडवाल टोलमा बसोबास गर्ने बादी घरपरिवारहरुलाई घर बनाईदिन वडाध्यक्ष दोधारा चाँदनी नगरपालिका वडा नं. ३ वडाध्यक्ष हरसिंह धनाडीले पहल थालेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरसिंह धनाडीले वडा कार्यालयले प्रदेश सरकार संग गरिब तथा बिपन्न बर्गहरुका लागी एक सय घर माँग गरेको बताउदै प्रदेश सरकारबाट उक्त आवास कार्यक्रम नपाए वडाको बजेटबाट भएपनि केही घरपरिवारलाई घर बनाईदिने योजना रहेको केही दिन अघिको कुराकानीमा बताएका छन् । ‘हामीले प्रदेश सरकारलाई वडामा एक सय घर निमार्णको माँग गरेका छौं । उक्त आवास कार्यक्रम प्रदेश सरकारबाट नपरेमा केही घरपरिवारलाई वडाको बजेटबाट भएपनि यस वर्ष घर बनाईदिने योजनामा छौं’ दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरसिंह धनाडीले बताए । तत्कालीन नेपाल सरकार र माओबादीको सशस्त्र द्वन्द्वको समयमा असुरक्षित महसुस गर्दै घर खेत छाडेर अन्यत्र पलाएन भएका बादी घरपरिवारहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले केह िअघि मात्रै उनिहरुको जग्गा उपलब्ध गराएको थियो । जग्गा प्राप्त गरे संगै वादी परिवारहरुमा अहिले खुसी छाएको हो । त्रिपालले छाएको छाप्रामुनी बस्दै आएको बादी घरपरिवारलाई नवनिर्वाचित वडाध्यक्षले उनिहरुलाई घर बनाईदिन पहल थालेको खबर संग बादी परिवारमा खुशी छाएको छ् ।

(फाईल फोटो)







