दोधारा । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दोधारा चाँदनीमा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण कार्य अघि बढाईएको छ् । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीको आर्थिक सहयोगमा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा ३० मेट्रिक टन भार क्षमताको कोल्ड स्टोर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ् । प्रदेश सरकारले कोल्ड स्टोर निमार्णको लागी झण्डै रु. ६० लाख बराबर रकम बिनियोजन गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकामा राम्रो कृषि उपज भएरपनि चिस्यान केन्द्र नहुदा किसानलाई भण्डारणमा ठुलो समस्या हुने गरेको थियो । चिस्यान केन्द्र निमार्ण हुने भएपछि वर्षौ देखि कृषकले भोग्दै आएको भण्डारण सम्बन्धी समस्या अन्त्य हुने भएको स्थानियहरुको भनाई रहेको छ् ।


चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गरि बजारिकरण गर्न सहज हुने दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्टले बताएका छन् । चिस्यान केन्द्रमा भण्डारण गरेर राखिएका आलु तथा हरियो तरकारी महिना दिन सम्म सुरक्षित रहने बताइएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ को सार्वजनिक जग्गामा निमार्ण कार्य थालिएको कोल्ड स्टोरको केही दिन अघि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगरप्रबक्ता तथा वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेतको टोलीले स्थलगत अनुगमन समेत गरेका थिए । यही अषाढ मसान्त भित्र कोल्ड स्टोरको भौतिक पुर्वाधार तयार हुने निमार्ण कम्पनीले जनाएको छ् । किसानले उत्पादन गरेको कृषि उपज भण्डारण सञ्चालनमा आउने भएपछि स्थानीय कृषकहरु हर्षित भएका छन् ।







