उदाहरणिय पाण्डेय परिवार, जन्मदिनको अवसरमा अनाथालयका बालबालिकालाइ लुगा

बेतकोट : बेतकोट नगरपालिका वडा न. ३ बस्ने लक्ष्मी दत्त पाण्डेय र सिता जोशि पाण्डेयका सुपुत्र दिपेश पाण्डेयको जन्मदिनको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकाहरुलाई नयाँ लुगा वितरण गरिएको छ। प्राय: जन्मदिन भनेपछि रेस्टुरेन्टहरुमा जाने, भव्य पार्टी गर्ने युवा जमातहरु को अहिले तछाडमछाड छ।

तर आफ्नो जन्मदिनको खुशीको उत्सवमा अनाथ र असहाय बालबालिकाहरु सङ्ग खुसी साट्ने पाण्डेय परिवारको यो पुरानै निरन्तरता हो। केही दिनअगाडि आफ्नो छोरा भोजराज पाण्डेको जन्मदिनको अवसरमा उहाँहरूको परिवारले रौटेला स्थित बृद्धाश्रममा भोजको आयोजना गरेको तिला पाण्डेय बताउनुहुन्छ। आफ्नो नयाँ पुस्तालाई पनि आवाजविहीन अरूको सहारा बनाउन खोज्ने उहाहरुको परिवार अहिले घरमा कसैको पनि जन्मदिन पर्‍यो भने कहिले खाद्यान्न त कहिले लुगाकपडा बोकेर अनाथालयमा आइरहने समाजकल्याण अन्चल बाल अनाथालयका वार्डेन दिबाकर भट्ट बताउनुहुन्छ।

समाजमा प्रेरणा दिने यस्ता किसिमका कार्यहरुले फजुल खर्च बचाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ ।

ताजा समाचार

spot_img