बैवाहिक बर्षगाठको दिन धामी दम्पत्तिद्वारा विपन्न विद्यार्थी शैक्षिक समाग्री वितरण


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरका एक धामी दम्पत्ती परिवारले आफ्नो बैवाहिक बर्षगाठको अवसरमा विपन्न गरिब, दलित जेहेन्दार विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन । भीमदत्त नगरपालिका ४महेन्द्रनगर निवासी पत्रकार धन सिंह धामी र सावित्रि धामी दम्पत्तिले आफ्नो १६ औं बैवाहिक बर्षगाठ दिनको शुभ अवसरमा गोबरिया–०४ महेन्द्रनगर गोबरैयाका स्कुले बालबालिकाहरुलाई शैक्षिक पाठ्य सामग्री वितरण गरेको हो ।

विगत लामो समय देखि कृषि क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्दै कौशिमा नै विभिन्न प्रजातिका बोट बिरुवा उमार्दै निशुल्क वितरण गर्दै आएका पत्रकार धामी यस बर्ष विविध कारण आफुले बिरुवा उत्पादन गर्न नसकेको भन्दै यस पटक विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको बताएका छन ।

धामी दाम्पत्तीले प्रत्येक बर्ष बैबाहिक बर्षगाठको दिन यस्ता कार्यक्रमहरु गर्दै जादा आफ्नो नानीबाबुहरुले पनि समाजको अभिन्न अंग भई समाजिक उत्तरदायित्व संगै नैतिक जिम्मेवार बननु भन्ने चाहनाको साथ यस्ता कार्यक्रम गर्दै मनाउन पाउँदाको क्षण अत्यन्तै रमाईलो हुने पत्रकार धामीको धारणा रहेको छ । उक्त शैक्षिक सामग्री पाएका स्कुले बिद्यार्थी तथा अभिभावकहरुले धामी दम्पत्तिलाई वैवाहिक जिवनको शुभकामना दिएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img