हिमालय मध्यवर्ती उपभोक्ता समितिको योजनामा पाँच सय बिभिन्न जातका बिरुवा रोपियो


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बृक्षरोपण अभियानलाई अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ मालिका मध्यवर्ती सामुदायिक बन क्षेत्रमा लिप्टीस, बेगना, सागुन लगाएत बिभिन्न प्रजातीका बिरुवा एक कार्यक्रमको बिच रोपिएको हिमालय मध्यवर्ती व्यवस्थापन समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिनुभएको छ् । मालिका मध्यवर्ती सामुदायिक बनका पदाधिकारी, स्थानियबासी, राजनितिक दलका प्रतिनिधी, जनप्रतिनिधी र हिमालय मध्यवर्ती व्यवस्थापन समितिका पादधिकारीको सहयोगमा मालिका मध्यवर्ती सामुदायिक बन क्षेत्रमा ५ सय बढी बिरुवा रापिएको हिमालय मध्यवर्ती व्यवस्थापन समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभयो ।

समुदायलाई जलवायु परिवर्तनका असर न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन प्रति जिम्मेवार बनाउने अभिप्रायले हिमालय मध्यवर्ती व्यवस्थापन समितिको आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत बृक्षरोपण कार्य अघि बढाएको हिमालय मध्यवर्ती व्यवस्थापन समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । वन संरक्षण संगै स्थानीय समुदायको आर्थिक अवस्था सुदृढ बनाउन सकिए मात्र संरक्षण अभियान दिगो हुने उहाँको भनाई छ् ।

वृक्षरोपणका अवसरमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले घट्दै गइरहेको वन क्षेत्रले वातावरण प्रदूषणलाई बढाएकोमा चिन्ता व्यक्त गर्दै हिमालय मध्यवर्ती उपभोक्ता समितिले दोधारा चाँदनी नगरपालिकामा सञ्चालन गरेको बृक्षरोपण अभियान प्रशंसनीय रहेको र यसको दिगो संरक्षण हुन सकेमा नगरपालिका क्षेत्र हरियालीको वृद्धि र सुन्दरता कायम हुने समेत विश्वास व्यक्त गर्नुभएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img