कञ्चनपुर: नेपालबाट उच्च शिक्षा हासिल गर्नका लागि भारत गएका कञ्चनपुर बेदकोटका एक स्थानीय विद्यार्थीले कानपुर विश्वविद्यालय टप गरेका छन । छत्रपति शाहू जी महराज कानपुर विश्वविद्यालयका विद्यार्थी विष्णू जोशीले सन २०२२ मा विश्वविद्यालय टपर विद्यार्थी बनेका हुन ।

बेदकोट नगरपालिका २ बसन्तथलाका स्थानीय जोशी कानपुर विश्वविद्यालयमा बिएस्सी एजी९कृर्षितर्फ स्नातक अध्ययन० गर्दै आएका छन । विश्वविद्यालयले सार्वजनिक गरेको परीक्षाफल अनुसार जोशीले तेस्रो सेमेन्टरमा विश्वविद्यालय उत्कृष्ठ विद्यार्थी बनेका हुन ।

गाँउकै बैजनाथ नमुना माविबाट एलएलसी उर्तिण गरेर, आईएस्सी एजी कृष्ण उच्च माविबाट गरेका थिए । आईएस्सी गरेर उच्च शिक्षाका लागि जोशी भारत गएका थिए । भारतका विश्विद्यालयमा पनि अध्ययनरत नेपाल ग्रामिण दुरदराजका विद्यार्थी उत्कृष्ठ भईरहेका छन ।







