विद्यालय कर्मचारी र बाल विकासका शिक्षकको तलब बृद्धिको माग अघि सारेर भीमदत्त नगरपालिकामा ज्ञापन


कञ्चनपुर : सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकासका शिक्षकको तलब बृद्धिको माग अघि सारेर भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाईएको छ । संघीय सरकारले बृद्धि गरेको तलब र स्थानीय सरकारले थप्ने दायित्व अनुरुप विद्यालय कर्मचारी र बाल विकासका शिक्षकको तलब बृद्धिको माग अघि सारेर भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो । नेपाल विद्यालय कर्मचारी परिष्दले बिहीबार एक कार्यक्रमका विच नगर प्रमुख पदम बोगटीलाई ज्ञापन पत्र बुझाएका छन ।

नेपाल विद्यालय कर्मचारी परिष्द कञ्चनपुरका सचिव महानन्द पाण्डेले विद्यालय कर्मचारी, बाल विकासका शिक्षकको बृद्धि भएको तलब र स्थानीय सरकारले थपेको तलब निकासाको माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए । श्रम ऐन अनुसार तलब बृद्धि गर्नुपर्ने माग अघि सारेका छन । नेपाल विद्यालय कर्मचारी परिष्द कञ्चनपुरका सचिव पाण्डेले निजामती कर्मचारी सरह सेवा सुविधा दिनुपर्नेमा माग अघि सारेर केन्द्र, प्रदेश र स्थानीय तीनै सरकारलाई ज्ञापन पत्र बुझाएको बताए ।

सामुदायिक विद्यालयको बृद्धि विकासका लागि विद्यालय कर्मचारी, बाल विकासका शिक्षकको भूमिका हुने भएपनि पारिश्रमिकमा सरकारबाटै विभेद भईरहेकाले हटाउनुपर्नेमा जोडदिएका छन । ज्ञापन पत्र बुझ्दै भीमदत्त नगरका मेयर पदम बोगटीले विद्यालय कर्मचारी र बाल विकासका शिक्षकको तलब बृद्धि गर्ने आश्वासन दिएका छन । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिष्द केन्दीय बरिष्ठ उपाध्यक्ष लक्ष्मण दत्त भट्ट सहितका विद्यालय कर्मचारी परिष्द पदाधिकारीको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img