बिरेन्द्र बाग/बझाङ : जिल्ला समन्वय समिति प्रमुखमा नर बहादुर बोहोरा निर्बाचित भएका छन भने उपप्रमुखमा कृष्ण बहादुर बिष्ट निर्बाचित भएका छन् । सुर्मा गाउँपालिकाका निबर्तमान अध्यक्ष नर बहादुर बोहोरा नेपाली काङ्ग्रेस बाट निर्बिरोध जिल्ला समन्वय प्रमुख बिजय भएका छन् त्यसैगरी उपप्रमुखम नेकपा माओबादीबाट थलारा गाउँपालिका कृष्ण बहादुर बिष्ट निर्बाचित भएका छन् ।

यस्तै समितिको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मितादेवी चदारा, बाटुली देवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मीदेवी कामी निर्विरोध निर्बाचित भएकी छन । त्यस्तै खुल्ला सदस्यमा समाजवादीका गाैरीशंकर जोशी,माअाेवादीका टोपबहादुर खड्का र काँग्रेसका गोरखबहादुर सिंह र दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामीको निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।जिल्ला समन्वय समिति बझाङको निर्वाचनमा सत्ता गठबन्धनको मात्रै उम्मेदवारी परेको थियो। आइतबार नवनिर्वाचित प्रमुख नरबहादुर बोहरालाई जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

उपप्रमुखसहित अन्य सदस्यहरुलाई प्रमुख बोहराले पद तथा गोपानीयतको शपथग्रहण गराएका थिए । समन्वय प्रमुख पदमा निर्वाचित बोहरा ०७४ सालको स्थानीयतहको निर्वाचनमा सुर्मा गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष समेत हुन् । एमाले जम्मा १२ पालिकामध्ये दुई पालिकाको प्रमुख, उप–प्रमुख र एक पालिकामा प्रमुख गरी ५ सदस्य मात्रै जितेको नेकपा एमालेको समन्वय समितिमा बहुमत नपुग्ने भएपछि मनोनयन नै दर्ता नभएको जनाइएको छ।







