कृष्णपुरका मेयर ओझाद्वारा चम्मन चौराहदेखि मटैयासम्म सडक कालोपत्रे गर्ने प्रतिबद्धता


कृष्णपुर : कृष्णपुरका मेयर हेमराज ओझाले नगरको ७ नम्बर वडा स्थित चौराहदेखि मटैयासम्म सडक कालोपत्रे गर्ने प्रतिबद्धता जोहर गरेका छन । कृष्णपुर नगरपालिका ७ शिवमलकोट मटैया कटानका स्थानीयले नव निर्वाचित जनप्रतिनिधीको स्वागत तथा अभिनन्दन कार्यक्रममा मेयर ओझाले बषौँदेखि स्तरबृद्धि हुन नसमेको सडक स्तरोन्नती गर्दै कालोपत्रे गर्ने प्रतिबद्धता गरेका हुन ।

मेयर ओझाले कृष्णपुर नगरपालिकालाई नमुना नगरपालिका समेत बनाउने घोषणा गरेका छन । कार्यक्रममा उप प्रमुख द्रोपती राना, ७ का वडाध्यक्ष घुम्मन राना सहितलाई नव निर्वाचित जनप्रतिनिधीलाई स्वागत गरिएको थियो । उनीहरुले पनि गाँउको विकासका लागि काम गर्ने प्रण गरेका छन । जहरसिह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको व्यवस्थापन स्थानीय समाजसेवी रामदत्त भट्टले गरेका थिए । शुभाषचन्द्र पन्तले सचालन गरेको कार्यक्रममा स्थानीय एव जनप्रतिनिधीको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img