बिरेन्द्र बाग /बझाङ : एन टी ए संस्थाले बझाङको बित्थडचिर गाउँपालिकाका २७ वटै विद्यालयलाई नि:शुल्क इन्टरनेट वितरण गर्ने भएको छ । बित्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महरको पहलमा उक्त संस्थाले २७ वटै विद्यालयलाई निशुल्क इन्टरनेट वितरण गर्न लागेको हो ।

गाउँपलिकाका अध्यक्षले सबैभन्दा शिक्षा क्षेत्रलाई सुधार्नु पर्न भन्दै एन.टी.ए र गाउँपालिकाको साझेदारीमा गाउँपालिका भरिकै विद्यालयलाई नि:शुल्क इन्टरनेट हस्तान्तरण गर्न लागिएको अध्यक्ष महरले बताए । एक हप्ताभित्रै ती विद्यालयमा इन्टरनेट जडान हुने समेत उनले दावी गरे । त्यसैगरी उनले बित्थडचिर गाउँपालिकामा इन्टरनेट, खानेपानी, विदुदतलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।







