दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले वडामा ५० घरधुरी लाभान्भित हुने गरि नयाँ बाटो खोलेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मलेरिया नालाको किनारबाट झण्डै ५ सय मिटर लम्बाईको नयाँ कच्ची बाटो वडाध्यक्ष केशव खत्रीको पहलमा संचालनमा ल्याउने काम गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयले जनाएको छ् । उक्त क्षेत्रमा बाटो नभएको हुदा स्थानियहरुले समस्या खेप्दै आएका बताईएको छ् । नवनिर्वाचित वडाध्यक्ष खत्रीलाई स्थानियहरु नयाँ बाटो खोल्न अनुरोध गरे संगै वडाध्यक्ष तत्तकालै आफ्नो पहलमा उक्त क्षेत्रमा नयाँ बाटो खोल्ने काम सुरु गरेका हुन् । नयाँ बाटो संचालनमा आउने भएपछि स्थानियहरु वडाध्यक्ष प्रति खुशी ब्यक्त गरेका हुन् । उक्त स्थानमा स्थानीयले वर्षौै देखि बाटो खोल्न माँग गर्दै आएका थिए । स्थानीय तह निर्वाचनमा अध्यक्ष खत्रीले वासिन्दाको माँग अनुसार आफ्नो पहलमा बाटो खोल्ने वाँचा गरेका थिए । चुनावी वाँचा अनुसार अध्यक्ष खत्रीले निर्वाचित भएपछि नयाँ बाटो खोल्ने, बिद्युत लाईन बिस्तार गर्ने लगाएत कार्य गर्न थालेका छन् ।







