राजनीतिको खेल

रेशम बोकटी
(दोधारा चाँदनी–७ सुदुरपश्चिम, कंचनपुर)

आउनुहोस्,
म, तपाईलाई राजनिति बताउछु ।
राजनितिको खेल सम्झाउछु ।
के तपाईलाई फुर्सत छ ?
के तपाई ईच्छुक हुनुहुन्छ ?
यो खेल जान्नका लागि ।
दुई तरिकाको राजनिति,
एक देश अनि समस्त भुगोलको सेवा,
विश्व मानव चेतना, शान्ति र समृद्धि अघि बढाउन गरिन्छ् ।
अर्को केवल आफू र आफ्नो झुन्ड ठूलो हुन्,
आफ्नो स्वार्थ पूरा गर्न ।

समृद्धि र शान्तिको खोक्रो नारा लगाएर,
युद्धको तयारी हरदम चलिरह्यो ।
केही क्षणलाई शान्ति हुनु त्यो शान्ति थिएन,
त्यो त झन ठुलो तयारी थियो युद्धको,
त्यसैको फल स्वरुप दुइ बिश्व युद्ध भएका हुन,
ब्यापारका बाहानामा,
सीमाको बहानामा,
रंगको, बर्गको, धर्मको यावत बाहानामा
आफू सर्वशक्तिमान जो हुनु थियो ।
जहाँ राजनिति गर्नु थियो ।

यो संसार सृष्टि भएको जति वर्ष भयो,
त्यो भन्दा बढी यहाँ युद्ध भएको छ् ।
हर कण कण आफ्नो अनुकुल,
साम्राज्य खडा गर्ने दाउपेच गरिरहेको हुन्छ् ।
त्यसैको निशानी हामी स्वाद लिएर पढ्छौ ।
नाजी हिटलरको कथा,
हिरोशिमा र नागासाकीको ब्यथा,
सत्य युग देखि कलियुग सम्मका,
राम र रावण, कृष्ण र कंस,
पाँण्डव र कौरव बिचके युद्ध कथा,
मानवको भित्री तहमा गडेको छ,
राजनिती , घिनलाग्दो राजनीति ।
कालो हैन अति कालो राजनीति ।

यसैगरी खेल खेलिरहन्छन,
एकले अर्कोलाई लडाउदै,
जस्ले हामीलाई सजिलै पिसिदिन्छन्,
बुद्धिचालको निर्मम पिउसो जसरी ।
एक लामो ईतिहास देखि अहिले सम्म,
यसरी खेलिरहेका छन् ।
खेलीरहनेछन ।

बुझ्न नछुटाउनु होला,
हरेक जनको ह्दयमा राज गरेर,
कुसल नीती गर्नु राजनीति हो ।
कसैलाइ दमित गरेर भ्रम राखेर,
आफ्नो स्वार्थ पूरा गर्नु लाजनीति ।
तपालाई कुन खेल मनपर्यो ?
अब तयार रहनुहोस् यो अदभुत खेल खेल्न,
यदि तपाईले चाँसो राख्नु भएन,
बुझ्नु भएन सचेत हुनु भएन भने,
सम्झनुस् कि,
आफ्ना भावी सन्ततीका लागी,
एक दु:खद मार्ग कोरि सक्नुभयो,
जसरी कोरेका थिए हाम्रा पुर्खाहरुले ।

 

ताजा समाचार

spot_img