स्थापना दिवसको अवसरमा नेल्टा कञ्चनपुरले गर्‍यो रक्तदान


दोधारा । नेपाल पशु स्वास्थ्य प्राबिधिक संघ (नेल्टा) नेपाल ७ औं स्थापना दिवसको अवसरमा देश भरमा विभिन्न रचनात्मक कार्यक्रम गरि मनाइदै छ् । नेपालका पशुपंक्षी पालन गर्दै आएका किसानहरुको सेवामा समर्पित रहेका प्राविधिकहरुको पेशागत हकहित र पशुपञ्छी पालनलाइ व्यवसायीकरणका लागी सक्रिय भएर नेल्टा लागि परेको छ् । नेल्टाले देशका ७७ ओटै जिल्लामा सकृय भएर नेल्टाको स्थापना दिवसको मनाएको खबर छ् । यसै क्रममा नेल्टा कंचनपुर जिल्ला कार्य समितिले यस पटक नेल्टा दिवस रक्तदान कार्यक्रम सम्पन्न गरेको नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) कञ्चनपुरका अध्यक्ष गोबिन्द भट्टले जानकारी दिएका छन् । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र कञ्चनपुरको प्राविधिक सहयोग र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा कंचनपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । कोरोना संक्रमणका कारण देशभर रगत अभाव भईरहेको बेला नेल्टाले गरेको रक्तदान कार्यक्रमलाई स्थानियहरुले उच्च मुल्यांकन गरेको छन् । ‘रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम गरिएको हो’ नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) कञ्चनपुरका अध्यक्ष गोबिन्द भट्टले भने । रक्तदान कार्यक्रममा नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) कञ्चनपुरका अध्यक्ष गोबिन्द भट्ट, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य कमलापती भट्ट, कृष्णपुर नगरपालिका पशु शाखा प्रमुख मान बहादुर केसी, नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रका प्रमुख नरेन्द्र देब जोशी लगाएत बिभिन्न स्थानिय तहका पशु प्राविधिकहरु तथा सरोकारवालाहरुको उपस्थित थियो ।


ताजा समाचार

spot_img