प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई ५० सय्याको अस्पातालमा स्त्तोरउन्नती गर्ने


दोधारा । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्त्तोरउन्नती गरि ५० सय्याको अस्पताल बनाउने भएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको आज बसेको बैठकले प्राथमिक स्वास्थ्य केन्द्रको स्त्तोरउन्नती गरि ५० सय्याको अस्पताल बनाउने निर्णय गरिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता ओंम बस्नेतले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको एक मात्रै स्वास्थ्य संस्थालाई थप आधुनिकरण बनाउन प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० सय्याको अस्पतालमा बनाउने निर्णय गरिएको हो । टाढा गएर महंगो अस्पतालमा उपचार गर्ने समस्या हल हुनेमा बिश्वास लिईएको छ् । ‘दोधारा प्राथमिक स्वास्थ केन्द्र व्यवस्थापन एवम् संचालन समितीद्वारा बसेको बैठक मा यस प्रा.स्वा. केन्द्र दोधारा लाई ५० शैय्या को अस्पताल मा स्तरोन्नती गर्ने निर्णय गरेर सिफारिस गरियो र यस दोधारा प्राथमिक स्वास्थ केन्द्रमा राजनिति गर्ने कर्मचारीलाई २ हप्ता भित्र राजिनामा पेश गर्ने र अब उप्रान्त राजनितिमा सक्रिय रहेमा कार्बाही अगाडी बढाउने निर्णय गरियो’ निर्णयमा भनिएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले गरेको निर्णय स्वागतयोग्य भएको स्थानियहरुले बताएका छन् ।


ताजा समाचार

spot_img