हावाहुरीबाट प्रभावित भएका घरपरिवारलाई दोधारा चाँदनी नगरपालिकाले राहत दिने


दोधारा । दोधारा चाँदनी नगरपालिकाले हावाहुरीबाट प्रभावितहरुलाई राहत उपलब्ध गराउने भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बसेको आजको बैठकले गएको २ गते आएको हावाहुरीले प्रभावित भएका घरपरिवारलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले प्रति घरपरिवार रु. ५ हजार प्रदान गरिने निर्णय गरिएको छ् । ‘मिति २०७९/२/२ गतेको दिन आएको हावाहुरीको कारण घरगोठमा क्षती पुगेको वडा कार्यालयको सिफारिस र प्रहरी सर्जिमिनको आधारमा दोधारा चाँदनी नगरपािलका वडा नं. १ का आयासा सुनार, वडा नं. २ का सरु देबि सार्की, मानमती बोहरा, वडा नं. ३ का शेर बहादुर सुनार, वडा नं. ४ का कला देबि सुनार, मानमती दमाई, मोहन सिंह, वडा नं. ५ का तर्कराज पन्त, अहिल्या देबि भट्ट, गंगा देबि सुनार र मानदेबी सुनार, वडा नं. ६ का सुरत राम महरलाई दोधारा चाँदनी नगरपालिकाको बिपद् ब्यवस्थापन कोषबाट भुक्तानी हुने गरि प्रति घर रु. ५ हजार राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ्’ दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आजको बैठकको निर्णयमा भनिएको छ् ।


ताजा समाचार

spot_img