कञ्चनपुर : सुनको मुल्य बृद्धि भएको छ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार एक सय तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु. ९७ हजार नौ सयमा कारोबार भएको पहेँलो धातु प्रतितोला दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ६ सय छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.९७ हजार चार सय थियो । त्यस्तै चाँदीको मुल्य अधिल्लो कारोबार तुलनामा प्रतितोला १५ ले बढेर एक हजार दुई सय ९० तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ५४ डलर आसपास कारोबार भइरहेको छ । विवाहै सिजनमा सुनको मुल्य बृद्धि गर्दै उपभोक्ता मारमा परेका छन ।











