कञ्चनपुर: कञ्चनपुरमा विगत देखी विवाद रहँदै आएको सिमामा रहेका जग्गामा खनजोत गर्न नपाउने भन्दै भएको विवादको समस्या समाधान भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडक घाटमा नेपाली नागरिकले लालपुर्जा भएको जमिन जोत्न पाउने भएका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सो क्षेत्रमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको हो।







